News Portal

  • सेञ्चुरी बैंकको नयाँ बचत खाता ‘सेन्चुरी रेमिट प्रिमियम अकाउण्ट’मा ५.५० प्रतिशत ब्याज पाइने

    आर्थीकसंसार संवाददाता२७ भदौ, २०७८
    १७४८ पटक
    २७ भदौ, २०७८

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘सेन्चुरी रेमिट प्रिमियम अकाण्ट’ ‘Century Remit Premium Account’ को शुभारम्भ गरेको छ । रु. १,०००/- न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५० % को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ । यस खातामा अन्य बचत खातामाभन्दा १% बढी ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निःशुल्क उपलब्ध गरिएको छ । उक्त खातामा लकर सेवा, एटीएम र अन्य सुविधाहरुको व्यवस्था गरिएको छ ।
    रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकवर्गहरुले आपूmलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता ‘Century Remit Premium Account’ खोल्ने सुविधा लिन सक्नुहुन्छ । उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।
    बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्सटेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जारी विज्ञप्तिमा जनाइएको छ ।
    अन्य जानकारीका लागि बैकको वेबसाइट www.centurybank.com.np तथा बैकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोधसमेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्