काठमाडौं । राष्ट्रिय बीमा संस्थाले एकैपटक आज तीन आर्थिक वर्षको साधारणसभा गर्ने भएको छ । कम्पनीको विगत १२ वर्षदेखि साधारणसभा हुन सकेको छैन । संस्थानले आज अपरान्ह दुई बजे संस्थानको प्रधान कार्यालय रामशाहपथमा साधारण सभा गर्न लागेको छ ।
बीमा समितिले आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को लेखापरिक्षण प्रतिवेदन स्वीकृत गरेसँगै साधारणसभा गर्ने तयारी गरेको हो । संस्थान, बीमा समिति, महालेखा परीक्षकको कार्यालय र अर्थमन्त्रालयको समन्वयमा उक्त तीन आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गर्ने सहमति भएको थियो । कतिपय पुराना हिसाब नभेटिएको तथा हिसाबकिताबको रेकर्ड नै नष्ट गरेका कारण पनि लेखापरीक्षण हुन सकिरहेको थिएन ।
महालेखा परीक्षणकको कार्यालय तथा अर्थमन्त्रालयले पटकपटक हिसाब मिलाउन तथा लेखापरीक्षण गर्न निर्देशन दिए पनि काम पूरा हुन सकेको थिएन । यसले गर्दा तीनवटै निकायको रोहवरमा उक्त लेखापरीक्षण सम्पन्नका लागि बाटो खुलाइएको हो ।
उक्त तीन आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न भएर साधारणसभा हुने बित्तिकै अर्को तीन आर्थिक वर्षको पनि लेखापरीक्षण सम्पन्न हुने संस्थानले जनाएको छ । संस्थानले आन्तरिक रुपमा २०६९/७०, २०७०/७१, २०७२/७३ र २०७३/७४ को काम पुरा गरिसकेको छ ।
अघिल्लो तीन वर्षको साधारणसभा सम्पन्न हुनेबित्तिकै थप चार वर्षको साधारणसभा गर्न संस्थानलाई खासै समस्या पर्ने छैन । बीमा समितिले पनि दुई तीनपटक गरेर साधारणसभा सम्पन्न गर्न सुझाव दिँदै आएको छ । अहिलेकै हिसाबले काम भइरह्यो भने यसै वर्षमा उक्त चार वर्षको साधारणसभा पनि सम्पन्न गर्ने योजनामा संस्थान रहेको छ र २०७४/७५ पछाडिको हिसाबकिताब पूर्ण रुपमा सुरक्षित भएकाले संस्थानलाई लेखापरीक्षण गर्न गाह्रो पर्ने छैन । अहिलेको साधारणसभाले उक्त लेखापरीक्षण पारित मात्रै गर्ने कार्य योजना रहेको छ । विगत १२ वर्षदेखिको लेखापरीक्षण सम्पन्न भएपछि समितिले तोकेअनुरुपको पुँजी बढाउने पक्षमा संस्थान रहेको छ ।
राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको साधारणसभा गर्दै
आर्थीकसंसार संवाददाता२६ भदौ, २०७८
२६ भदौ, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- नेरूडे मिर्मिरे लघुवित्तद्वारा बीमा वापत ५ लाख ७१ हजार भुक्तानी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह