News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई ग्रोडेलीमा विशेष छुट

    आर्थीकसंसार संवाददाता२५ भदौ, २०७८
    २०७८ पटक
    २५ भदौ, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले ग्रोडेलीमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धमा सिटिजन्स बैंक इन्टरनेसनल र ग्रोडेलीबीच सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्तालाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
    नेपालमा उत्पादित किराना सामग्रीहरुको प्रबद्र्धनका लागि स्थापित ग्रोडेलीसँगको यस सहकार्यपश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूले ग्रोडेलीमार्फत अनलाइन अर्डर गरी क्यूआरमार्फत भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्नेछन् ।
    हालसम्म सिटिजन्स बैंकले आफ्नो मोबाइल बैकिङ्गमा दर्ता नभएका ग्राहकहरुको लागि समेत घरमै बसी निःशुल्क मोबाइल बैकिङ्गमा दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ्गमार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, डेबिट कार्डको लागि आवेदन र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।
    बैंकले कूल १८३ वटा शाखा, ११७ वटा एटीएम र १११ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्