News Portal

  • सिक्लेस हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

    आर्थीकसंसार संवाददाता२४ भदौ, २०७८
    १४७४ पटक
    २४ भदौ, २०७८

    काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओको बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरेको छ ।
    यस सम्बन्धमा उक्त कम्पनी र बीओके क्यापिटलबीच सम्झौता पनि भएको छ । सम्झौतापत्रमा कम्पनीका कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ र बीओके क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका हुन् ।
    कम्पनीले १०० रुपैयाँ अंकित दरको कुल २० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिका–१ मा अवस्थित १३ मेगावाट विद्युत उत्पादन गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्