News Portal

  • बीओकेका ग्राहकलाई फर्निचर वान स्टोरमा छुट पाइने

    आर्थीकसंसार संवाददाता२४ भदौ, २०७८
    ९३१ पटक
    २४ भदौ, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डू र फर्निचर वान स्टोरबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड/ क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई २० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
    यस सम्झौतापश्चात ग्राहक महानुभावहरुले फर्निचर वान स्टोरबाट घर तथा अफिसको लागि आवश्यक फर्निचरहरु खरिद वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको २० प्रतिशतसम्म छुट पाउनेछन् ।
    फर्निचर वान स्टोरले डिल्लिबजारबाट सेवाग्राहीहरुलाई आवश्यक गुणस्तरीय फर्निचरहरु बिक्री गर्दै आइरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्