News Portal

  • श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको चौथो त्रैमास वित्तीय विवरण सार्वजनिक

    आर्थीकसंसार संवाददाता७  भदौ, २०७७
    ७९१ पटक
    ७  भदौ, २०७७

    काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
    कम्पनीले चौथो त्रैमासका अवधिमा ११ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको सोही अवधिमा फाइनान्सले १२ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा फाइनान्सको नाफा १२ दशमलव ४४ प्रतिशतल घटेको हो ।
    समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी भने २ दशमलव २२ प्रतिशतले बढेर २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष फाइनान्सले २५ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
    कम्पनीको सञ्चालन नाफा भने १८ करोड ८१ लाख रुपैयाँबाट घटेर १६ करोड २५ लाख रुपैयाँमा सिमित भएको छ । असारसम्म चार अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेको यस कम्पनीले चार अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
    फाइनान्सको हालको चुक्ता पुँजी ८२ करोड ९० लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २३ करोड ६६ लाख रुपैयाँ रहेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७२ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ३७ रुपैयाँ ५३ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्