काठमाडौं । अमेरिकी संस्था मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) द्वारा आयोजना गरिने एमडिआरडी एनुअल मिटिङमा सिटिजन लाइफको प्रतिनिधित्व गर्दै प्रकाश शर्मा अमेरिका प्रस्थान गर्न लागेका छन् । सो अवसरमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले उनलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो ।
२०२५ जुन २२ बाट जुन २५ सम्म अमेरिकाको फ्लोरिडामा एमडीआरटी एनुअल मिटिङको आयोजना हुँदैछ । शर्माले यस सफलता र अवसरका लागि आफ्नी आमा, घर-परिवार, साथी-भाई, नाता-गोता, बीमित र सिटिजन लाइफका सम्पुर्ण परिवारप्रति आभार व्यक्त गरेका छन् ।