News Portal

  • बेनेलीको दशैं, तिहार र छठको अफर

    आर्थीकसंसार संवाददाता२३ भदौ, २०७८
    १४४२ पटक
    २३ भदौ, २०७८

    काठमाडौं । केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा.लि.ले विगत ६ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ । यस वर्षको दशैं, तिहार र छठको अवसर पारेर उक्त कम्पनीले थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको छ । उक्त अफर बेनेलीका सबै मोटरसाइकलमा लागू हुनेछ ।
    यसअन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दा र किनेपछि गरी तीनपटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ । पहिलो ई–डिस्काउन्टअन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ । मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान गर्न सक्छन् । बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँसम्म जित्ने अवसर प्राप्त हुनेछ ।
    त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसकेपछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ । ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँ सम्म जित्न सकिने छ ।
    त्यसैगरी मोटरसाइकल किनिसकेपछि ग्राहकलाई ५ हजार रुपैयाँसम्मको अमेजिङ गिफ्ट प्रदान गरिने छ । यसवापत हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने छ । विभिन्न प्रकारको गेम खेलाएर ग्राहकलाई यस्ता गिफ्ट प्रदान गरिने केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा.लि.द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्