News Portal

  • कुमारी क्यापिटलको दोस्रो वार्षिक साधारणसभा भदौ २४ गते हुने

    आर्थीकसंसार संवाददाता७ भदौ, २०७७
    ६५३ पटक
    ७ भदौ, २०७७

    काठमाडौं । कुमारी क्यापिटलको दोस्रो वार्षिक साधारणसभा भदौ २४ गते हुने भएको छ । उक्त सभा टंगाल स्थिति कुमारी बैंकको कार्यालयमा विहान १०ः३० बजे सभा सुरु हुने कुरा कम्पनीको बसेको ३५ औं बैठकले जारी गरेको सूचनामा उल्लेख छ ।
    सभामा क्यापिटलले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतको दरले हुन आउने ८० लाखको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै सभाले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरीक्षकको नियुक्ति गरी पारश्रमिक तोक्नेलगायतका एजेण्डा रहेको छ ।

    प्रतिकृया दिनुहोस्