News Portal

  • मेगा बैंकको भद्रपुर नगरपालिकामा एटिएम सेवा सुरु

    आर्थीकसंसार संवाददाता२१ भदौ, २०७८
    १४१८ पटक
    २१ भदौ, २०७८

    काठमाडौं । मेगा बैंक नेपालले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीम सेवा विस्तार गरेको छ ।
    झापाको भद्रपुर नगरपालिका–८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैंकले एटीम सेवा सञ्चालन गरेको हो ।
    सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख विवेकबन्धु न्यौपानेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सेवाग्राहीहरुको पनि सहभागिता रहेको थियो । योसँगै १ सय ३७ स्थानमा मेगा बैंकले एटीम सेवा विस्तार गरेको छ ।
    स्थापनाको १२ वर्षमा आइपुग्दा मेगा बैंकले १९९ वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर २४ वटा एक्स्टेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सेवा, ३२०० भन्दा बढी मेगा रेमिट सञ्जाल छन् ।

    प्रतिकृया दिनुहोस्