News Portal

  • महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्रधिकरणबीच महसुल संकलनबारे सम्झौता

    आर्थीकसंसार संवाददाता२१ भदौ, २०७८
    ७१९ पटक
    २१ भदौ, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलनसम्बन्धी सम्झौता गरेको छ ।
    सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन् ।
    उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरु वा जो कोहीले पनि आफुले खपत गरेको विद्युतको महसुल बैंकको मोवाइल बैंकिङमार्फत वा बैंकको काउन्टरमा नै उपस्थित भई भुक्तानी गर्न सक्नेछन् ।
    सम्झौताअनुसार सेवाग्राहीले मासिक ५०० रुपैयाँसम्मको विद्युत महसुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिनुपर्दैन भने ५०१ भन्दा माथि ५ लाखसम्मको महशुल भुक्तानीमा पाँच मात्र सेवा शुल्क भुक्तानी गर्नुपर्नेछ ।
    महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरणबीच भएको यस प्रकारको विद्युत महसुल संकलनसम्बन्धी सम्झौताले सर्वसाधारणलाई बिना झन्झट विद्युत महसुल भुक्तानीमा सहयोग हुने बैंकले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्