News Portal

  • ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२१, भदौ, २०७८
    १३६३ पटक
    २१, भदौ, २०७८

    काठमाडौं । ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघ (SUGJA)बीच ‘स्वच्छ व्यवसायः सम्मानित व्यवसायी’ नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    सुनसरी रत्न तथा आभूषण महासंघद्वारा शुभारम्भ गरेको ‘स्वच्छ व्यवसायः सम्मानित व्यवसायी’ नामक अन्तरक्रिया कार्यक्रममा ज्योति बैंकका तर्फबाट बैंकका इटहरी क्षेत्रका क्षेत्रीय प्रमुख प्रेमेश्वर शाक्य, बैंकका धरान शाखाका शाखा प्रबन्धक प्रकाश झा, ईटहरी शाखाका शाखा प्रबन्धक चंद्रदिप पहाडी, विराटनगर शाखाका शाखा प्रबन्धक देवीप्रसाद चम्लागाई र सुनसरी रत्न तथा आभूषण संघका तर्फबाट संघका अध्यक्ष टेकबहादुर यङ्गदेन, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ १ नम्बर प्रदेश संयोजक तथा संघका संस्थापक अध्यक्ष विशन शाक्य तथा धरान, ईटहरी, इनरुवा र विराटनगरका व्यवसायी तथा उद्यमशील शिल्प व्यवसायी कालिगढहरुको उपस्थिति रहेको थियो । सो अन्तरक्रिया कार्यक्रममा व्यवसायी र बैंकबीच बैंकिङ सहकार्यको उद्देश्यको बारेमा छलफल भएको थियो । कार्यक्रममा उद्यमशीलता प्रवद्र्धनका हेतुले ल्याइएका विभिन्न बैंकिङ सेवाहरु तथा डिजिटल बैंकिङसम्बन्धी विभिन्न सेवाहरुको बारेमा छलफल तथा अन्तरक्रिया भएको थियो ।
    ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने, डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्नुका साथै बैंकले आधुनिक बैंकिङ्ग, वित्तीय साक्षरता, उद्यमशीलता विकासका निमित्त बैंकले महासंघसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याउन मिति २०७८, असार २० गते दुई पक्षबीच सम्झौता पनि भएको थियो ।
    हल यस बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएममार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्