News Portal

  • अब सुनचाँदी व्यवसायीको बीमा एनएलजी इन्स्योरेन्समा हुने

    आर्थीकसंसार संवाददाता२० भदौ, २०७८
    ७८१ पटक
    २० भदौ, २०७८

    काठमाडौं । सुनचाँदी व्यवसायीको बीमा एनएलजी इन्स्योरेन्समा हुने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच बीमा गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
    सम्झौतापत्रमा महासंघका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल बल्लभ पन्तले गरेका छन् ।
    समझदारीसँगै अब मुलुकभरका सुनचाँदी व्यवसायीले एनएलजी इन्स्योरेन्समा बीमा गराउने छन् । देशभरका सबै जिल्ला तथा नगर एवं एशोसिएटस सदस्यहरुले एनएलजी इन्स्योरेन्सको जुनसुकै शाखाबाट यस सुविधा लिन सक्ने छन् ।

    प्रतिकृया दिनुहोस्