News Portal

  • एनएमबि बैंक एशियन बैंकिङ्ग एण्ड फाईनान्स ‘ग्रीन डिल अफ द इयर २०२१’ द्वारा पुरस्कृत

    आर्थीकसंसार संवाददाता२० भदौ, २०७८
    ९८४ पटक
    २० भदौ, २०७८

    काठमाडौं । एनएमबि बैंक सिंगापुरको एशियन बैंकिङ्ग एण्ड फाइनान्स पत्रिकाले दिने कर्पोरेट एण्ड ईन्भेष्टमेण्ट बैंकिङ्ग अवार्ड श्रेणीअन्तर्गत ग्रीन डिल अफ द इयर २०२१’को उपाधिबाट सम्मानित भएको छ ।
    अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा एनएमबि बैंकलाई एशियन बैंकिङ्ग एण्ड फाइनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङ्गको क्षेत्रमा रहेको अग्रणी बैंकको रुपमा सम्मान गरेको हो ।
    अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीसँग सम्झौताअन्तर्गत एनएमबि बैंकले आइएफसीद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनाहरुमा कर्जा प्रवाह गर्दछ । एनएमबि बैंकले ग्रीन डिलअन्तर्गतको अवार्ड दिगो बैंकिङ्ग र जलवायुमैत्री परियोजना र उद्यमशील गतिविधिहरुप्रति निरन्तर प्रतिबद्धता प्रस्तुत गरे बापत प्राप्त गरेको हो ।
    एनएमबि बैंक हाल कार्बन अकाउन्टिङ्ग फाइनान्सियलको समितिको एक सक्रिय सदस्य रहेको र २०१३ देखि ग्लोबल अलायन्स फर बैंकिङ्ग अन भ्यालुजको सदस्यता प्राप्त वाणिज्य बैंकमध्येको एक मात्र बैंक रहेको छ ।
    बैंंक डिजिटल सेवा प्रवाहलाई प्राथमिकतासहित कागजको प्रयोगलाई न्युनीकरण गर्दै सोबाट पर्ने पर्यावरणीय प्रभावलाई घटाउनको लागि अग्रसर रहेको छ । ‘एनएमबि बैंक वातावरणमैत्री लगानी र दिगो व्यापारिक सेवामा अग्रसर रहेको छ र यो सम्मानले बैंकलाई यस क्षेत्रमा अगाडि बढ्न थप प्रोत्साहन मिल्नेमा विश्वस्त छौं,’ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने ।
    बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंक चार वर्षमा तीनपटक २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरले सम्मानित भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्