News Portal

  • मुक्तिनाथ विकास बैंक र नेपाल विज्ञापन संघबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२० भदौ, २०७८
    १४१५ पटक
    २० भदौ, २०७८

    काठमाडौं । नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच सम्झौता भएको छ । बैंकले आनका सदस्य एजेन्सीहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
    सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र बैंकका तर्फबाट अध्यक्ष प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बैंकले आनका सदस्य संस्थाहरूलाई दुई वर्षका लागि १५ लाख रुपैयाँसम्मको बिना धितो कर्जा प्रवाह गर्नेछ ।
    कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोखरेलले आजको सहकार्यले विज्ञापन व्यवसायीको आर्थिक रुपान्तरणमा बैंक सहयोगी बन्ने अवसर मिलेको बताए । उनले बैंकले फरक ढंगले आफ्ना ग्राहकहरूलाई सेवा गर्दै आएकाले लोकप्रिय हुन सकेको बताउँदै विज्ञापन व्यवसायीलाई सर्वसुलभरुपमा सहुलियत कर्जा दिन बैंक प्रतिबद्ध रहेको बताएका छन् ।
    आनका अध्यक्ष धितालले यो सहकार्य विज्ञापन व्यवसायी र बैंकको हितका लागि पनि सहयोगी हुने बताएका छन् । उनले कोरोना महामारी र लकडाउनका कारण समस्यामा रहेका विज्ञापन व्यवसायीलाई यो सहुलियत कर्जाले उनीहरूको क्षमता अभिवृद्धि गर्न र आर्थिक सबलीकरणका लागि मद्दत पुग्ने बताएका छन् ।
    आनका हाल डेढसयभन्दा बढी विज्ञापन एजेन्सीहरू सक्रिय सदस्य छन् भने झण्डै सात सय एजेन्सीहरू सम्बन्धित रहेर व्यवसाय गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्