News Portal

  • सिनर्जी पावरको अध्यक्षमा इन्द्रबहादुर थापा निर्वाचित

    आर्थीकसंसार संवाददाता२० भदौ, २०७८
    ९७४ पटक
    २० भदौ, २०७८

    काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडको अध्यक्षमा इन्द्रबहादुर थापा चयन भएका छन् । गत भदौ १८ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो ।
    सोही साधारणसभाले सुरेन्द्रबहादुर खड्कालाई प्रबन्धक सञ्चालकमा नियुक्त गरेको छ । गत भदौ १८ गते सम्पन्न वार्षिक साधारणसभामा एक जना महिलासहित ६ जना सञ्चालकको निर्वाचन हुँदा महिला शेयरधनीको उम्मेदवारी नपरेकाले खाली सञ्चालक पदमा नरु केसी कार्कीलाई नियुक्त गरेको छ ।
    हाल कम्पनीको सञ्चालक समितिको अध्यक्षमा इन्द्रबहादुर थापा, प्रबन्ध सञ्चालकमा सुरेन्द्रबहादुर खड्का र सञ्चालकहरुमा प्रकाश कुमार अधिकारी, गोपालप्रसाद आचार्य र निरु केसी कार्की रहेका छन् ।

    प्रतिकृया दिनुहोस्