News Portal

  • एशियन लाईफद्वारा तीज बिशेष कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२० भदौ, २०७८
    २३५२ पटक
    २० भदौ, २०७८

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको जुम्ला शाखाले आफ्ना अभिकर्ताहरुलाई पुनर्ताजगी एवं तीज विशेष कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । कम्पनीले हिजो भदौ १९ गते शनिबार बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म उक्त कार्यक्रमको आयोजना गरेको हो ।
    उक्त कार्यक्रम जुम्ला जिल्लाको चन्दनाथ नगरपालिकामा रहेको होटेल दौतरीमा गरेको छ । कार्यक्रममा कम्पनीलाई दिएको मासिक ब्यवसायको आधारमा उत्कृष्ट तीनजना भगवती थापा, अधिराज बिष्ट, चन्द्रमा उपाध्याय अभिकर्ताहरुलाई सम्मान पनि गरेको थियो ।
    कार्यक्रममा एमडिआरटि, सिनयिर एजेन्सि म्यानेजर, एजेन्सी म्यानेजर र अभिकर्ता गरी करिब ६० जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्