काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप सात शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका–६, काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका मैत्रीनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका–२ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका–५, जुवाली, चितवन जिल्लाकै रत्ननगर नगरपालिका–१६ खैरेटी, कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका–३, खरेन्द्रपुर, सिराहा जिल्लाको सुखिपुर नगरपालिका–२ छजनाचोकमा गरी जम्मा ७ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामिण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
देशका विभिन्न स्थानमा सात शाखारहित बैंकिङ्ग सेवा थप भएसँगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित बैंकिङ सेवा १७२ पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदनसमेत दिन सकिने छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६२ वटा शाखाहरुलगायत १७२ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा ३३९ स्थानवाट १० लाखभन्दा बढी ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०३ वटा एटीएमहरु सञ्चालनमा रहेको छन् ।
माछापुच्छ्रे बैंकको थप सात शाखारहित बैंकिङ सेवा सञ्चालन
आर्थीकसंसार संवाददाता२० भदौ, २०७८
२० भदौ, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन