आर्थीकसंसार संवाददाता१७ भदौ, २०७८
१७ भदौ, २०७८काठमाडौं । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने भएका छन् । बैंकका क्रेडिक कार्ड प्रयोगकर्ताले दराजबाट सामानहरु किस्ताबन्दीमा खरिद गर्न पाउने भएका हुन् ।
यसका लागि ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गरेपछि उक्त खरिद रकमलाई एनएमबि बैंकले इएमआइमा रुपान्तरण गर्नेछ ।
ग्राहकहरुले http://[email protected]/[email protected] मार्फत यससम्बन्धी थप सूचना प्राप्त गर्न सक्नेछन् ।
एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।