News Portal

  • सानिमा बैंकद्वारा तीजको अवसरमा ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०७८
    १२०६ पटक
    १७ भदौ, २०७८

    काठमाडौं । हिन्दु महिलाहरुको विशेष पर्व तीजको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक गरेको छ ।
    यस योजनाअन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।
    यसका साथै पहिलो पिओएस कारोबारमा १० प्रतिशत वा ५०० सम्मको क्यासब्याक प्रदान गरिनेछ । यसका अतिरिक्त ५०० बराबरको एनसेल सिमकार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई कार्ड निःशुल्क जारी गरिने बैंकले जानकारी दिएको छ ।
    यो योजना भाद्र ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्नु हुने महिला ग्राहकवर्गका लागि उपलब्ध हुनेछ ।
    सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको छ । उक्त कोषअन्तर्गत हाल पाटन अस्पतालबाट निम्न आर्थिक अवस्था भएका महिलाहरुका उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
    सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्