काठमाडौं । लुम्बिनी विकास बैंकले आईक्यानबाट फाइनान्सियल सेक्टरको विधामा रनरअप अवार्ड पाएको छ । सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत सो अवार्ड लुम्बिनी विकास बैंकले प्राप्त गरेको हो ।
नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान)ले प्रत्येक वर्ष बेष्ट प्रिजेन्टेड ऐनुअल रिपोर्ट (बिपीए)को अवार्ड दिँदै आइरहेको छ ।
बैंकले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता गर्नुको साथै आफुलाई अवार्डको योग्य ठान्ने आईक्यानका साथै अवार्ड प्राप्त गर्नमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिएको छ ।
हाल यस बैंकले देशभरका ७२ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ७४ हजार ग्राहकहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
हाल बैंकले आफ्ना ग्राहकहरुलाई निःशुल्क डेबिट÷एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएको छ ।
आईक्यानबाट लुम्बिनी विकास बैंकले पायो रनरअप अवार्ड
आर्थीकसंसार संवाददाता१६ भदौ, २०७८
१६ भदौ, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक