News Portal

  • प्रभु बैंकले गेट कलेजका विद्यार्थीलाई शैक्षिक कर्जा दिने

    आर्थीकसंसार संवाददाता१६ भदौ, २०७८
    १२९४ पटक
    १६ भदौ, २०७८

    काठमाडौं । प्रभु बैंक र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनकाबीच गेट कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।
    प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गेट कलेजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईले कलेजमा आयोजित एक कार्यक्रममा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
    प्रभु बैंक र गेट कलेजकाबीच आज सम्पन्न सम्झौता बमोजिम होटेल तथा पर्यटन विषय लिई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई उक्त कलेजको सिफारिसमा प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी अधिकतम ५ लाखसम्मको शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ । यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध हुनेछ ।
    शैक्षिक कर्जासम्बन्धी यो सम्झौताले आर्थिक अभावले होटेल म्यानेजमेण्ट तथा पर्यटन जस्तो प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्न कठिनाई झेलिरहेका देशका क्षमतावान एवं जेहेन्दार विद्यार्थीहरुलाई उक्त कलेजमा भर्ना भई उच्च शिक्षा हासिल गर्न आर्थिक रुपमा सहयोग पुग्ने कलेजले जनाएको छ ।
    यो सम्झौता पश्चात उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुले आर्थिक अभावमा उच्च शिक्षा हासिल गर्नबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य हुने आशा गरिएको र होटेल तथा पर्यटन क्षेत्रका लागि आवश्यक दक्ष एवं प्राविधिक जनशक्ति उत्पादन भई समग्र देश विकासमा योगदान पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्