News Portal

  • एसबिआईद्वारा उत्कृष्ट वित्तीय विवरण सार्वजनिक

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०७८
    १४८६ पटक
    १५ भदौ, २०७८

    काठमाडौं । नेपाल एसबिआई बैंक बेष्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० मा दोस्रो भएको छ । बैंकिङ्ग सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरे वापत नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आईक्यान)ले बैंकलाई सो पुरस्कार प्रदान गरेको हो ।
    होटेल र्याडिसनमा आयोजित एक कार्यक्रममा आईक्यानका अध्यक्ष सीए मदन कृष्ण शर्माद्वारा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमलाई प्रदान गरेका हुन् ।
    बैंकले हाल ८८ वटा शाखा, ११ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, ६ शाखारहित बैंकिङ्ग सेवा तथा १ कर्पोरेट अफिस गरी १२१ आउटलेटहरुका साथै १२२ एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्