आर्थीकसंसार संवाददाता११ भदौ, २०७८
११ भदौ, २०७८राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलोे बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजना प्रति इकाई रु. १०/– का दरले १२,५०,००,००० इकाई अर्थात रु.१,२५,००,००,०००/– (अक्षरुपी एक अर्ब पच्चिस करोड रुपैँया) नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुनसक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो । उक्त सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए । उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतिशत् लगानी रहेको सहायक कम्पनीे आरविवि मर्चेन्ट बैंकिङ्ग लि. रहेको ।