News Portal

  • एभरेष्ट बैंकको १०५औं शाखा बुढानिलकण्ठमा

    आर्थीकसंसार संवाददाता१० भदौ, २०७८
    ११८३ पटक
    १० भदौ, २०७८

    काठमाडौं । एभरेष्ट बैंकले बुढानिलकण्ठमा आफ्नो १०५औं शाखा उद्घाटन गरेको छ ।
    उक्त शाखाको उद्घाटन एभरेष्ट बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिका–३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले संयुक्त रुपमा गरे ।
    बैंकमा हालसम्म करिब १२ लाख ग्राहकहरु रहेका छन् । बैंकले देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा सञ्जाल, प्रादेशिक कार्यालय , १३७ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्