
काठमाडौं । नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गईरहेको छ । तर, विश्वमा फैलिरहेको महामारी कोरोना भाईरसले गर्दा गत वर्षमा जस्तै भौतिक दुरी कायम राखी तीज मनाउने अवस्था हाललाई सम्भव नभएकाले भौतिक उपस्थिति बिना प्रविधिमैत्री तीजलाई प्रोत्साहन गर्न हामीले सम्पूर्ण नेपाली दिदीबहिनीहरुको लागि ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्न गइरहेका छौंं । यस टिकटक प्रतियोगितामा नेपाल भित्र रहनुहुने सबै नेपाली दिदीबहिनीहरुले भाग लिन सक्नुहुनेछ ।
यस प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउनु हुँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गित अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्ने हुनेछ । यस पर्वको मर्मविपरीत बनेको वा उच्छृङ्खल तवरले बनेका भिडियोहरुलाई विजेताको रुपमा छनोट गरिने छैन । यस प्रतियोगिताको विजेताले रु. ९,००० उप–विजेताले रु ६,००० र तेस्रो हुनेले रु ३,००० जित्नुहुनेछ भने एउटा अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले रु २,००० जित्नुहुनेछ । विजेताको घोषणा भिडियोमा आउने लाईकको आधारमा हुनेछ भने बेस्ट कन्सेप्ट भने अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोको आधारमा हुनेछ । हामीले यस टिकटक प्रतियोगिताको विस्तृत जानकारीहरु साथै शर्तहरुलाई हाम्रो फेसबुक र बेबसाईटमा राखेको छौं । ईच्छुक महिला टिकटकरहरुले मिती: २०७८–०५–१० गते देखि २०७८–०५–२४ गतेसम्म टिकटक भिडियोको क्यापसनमा #GarimaTeejkolahar र #Garimabikasbank ह्यासट्याग प्रयोग गरि टिकटक भिडियो बनाउन सकिने बैंकले जनाएको छ ।