News Portal

  • हिमालयन बैंकद्वारा गंगालाल अस्पताललाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता१० भदौ, २०७८
    ५३१ पटक
    १० भदौ, २०७८

    काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।
    बैंकले सो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरु मर्मत–सम्हार गरी उचित सेवा प्रदान गर्न ६ लाख ९२ हजार ९६२ बराबरको आर्थिक सहयोग गरेको हो ।
    अस्पतालमा भएको उक्त वार्ड जीर्ण भएकाले सेवाग्राही तथा चिकित्सकहरुका लागि समेत समस्या परेकाले बैंकले उक्त वार्ड मर्मत संहार गरी हस्तान्तरण गरेको हो ।
    बैंकका तर्फबाट महाप्रबन्धक सुशील जोशी र महाराजगंज शाखा प्रबन्धक अभयबहादुर शाहले अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि आधिकारीको उपस्थितिमा उक्त वार्डको समुद्घाटन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्