आर्थीकसंसार संवाददाता९ भदौ, २०७८
९ भदौ, २०७८काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाडौं महानगरपालिका–२२ मा रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । कम्पनीले सोही वडाको न्युरोड, पिपलवोटस्थित रमा गृह भवनमा आज भदौ ९ गते बुधबार उक्त शाखा स्थानान्तरण गरी कार्यालय सञ्चालन गरेको हो ।
नयाँ शाखा कार्यालयको उद्घाटन संस्थाका सञ्चालक समितिका महिला सञ्चालक सुशीला खनाल तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष एवं व्यवसायी महेन्द्ररत्न शाक्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा न्युरोड क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु तथा संस्थाका पूर्व पदाधिकारी एवं स्थानीय जनप्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो ।
नेपालको ४ वटा पुरानो फाइनान्स कम्पनीहरु मर्ज भई बनेको यस वेष्ट फाइनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालयमार्फत आफ्नो सेवा दिँदै आएको छ ।