News Portal

  • कुमारी बैंकका ग्राहकले मेडी क्वेस्ट् ल्याबरोटोरीमा छुट पाउने

    आर्थीकसंसार संवाददाता८ भदौ, २०७८
    ८४५ पटक
    ८ भदौ, २०७८

    काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंकले जावलाखेलस्थित मेडी क्वेस्ट् ल्याबरोटोरीसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ ।
    कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य र मेडी क्वेस्ट् ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरे ।
    उक्त सम्झौता पत्रअनुसार मेडी क्वेस्ट् ल्याबरोटोरीका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट पाइनेछ ।
    बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्