News Portal

  • नेशनल लाइफद्वारा १४ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता६ भदौ, २०७८
    १३३३ पटक
    ६ भदौ, २०७८

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा वापतको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पर्सा शाखाले म्यादी बीमा वापतको मृतकको परिवारलाई १४ लाख रुपैयाँ दाबी वापतको चेक हस्तान्तरण गरेको हो ।
    कम्पनीले कामको सिलसिलामा वैदेशिक रोजगारीमा गएका दिपेन केसीको आमा रिता केसी र बुबा दिपक केसीलाई बीमा दाबी वापतको उक्त रकम हस्तान्तरण गरेको हो ।
    उक्त चेक हस्तान्तरण कार्यक्रममा पर्सा शाखाका वरिष्ठ व्यवसायिक प्रवद्र्धक रामशरण बड्तौला कम्पनीका अन्य कर्मचारीको उपस्थितमा कम्पनीका शाखा प्रमुख मेघराज पौडेलले मृतकका परिवारलाई हस्तान्तरण गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्