News Portal

  • राष्ट्रिय बीमा संस्थानले बोलायो एजीएम

    आर्थीकसंसार संवाददाता६ भदौ, २०७८
    १०९२ पटक
    ६ भदौ, २०७८

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानले भदौ २६ गते वार्षिक साधारण सभा (एजीएम) आह्वान गरेको छ । संस्थानले आफ्नो ३१औं वार्षिक साधारणसभा सो दिन दिउँसो २ बजे काठमाडौंको रामशाहपथस्थित प्रधान कार्यालयमा बोलाएको हो ।
    सभाले गत १२ वटा आर्थिक वर्षदेखिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै छ । कम्पनीका सञ्चालक समितिको तर्फबाट संस्थानका अध्यक्षले आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
    त्यस्तै, सभाले सोही तीन आवको लेखा परीक्षण भएको लेखा परीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र सोसम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।
    त्यसैगरी, सभाले आर्थिक वर्ष २०७२/७३, २०७३/७४ र २०७४/७५ को लेखापरीक्षक सीए नन्दकिशोर शर्मा र सीए केशवप्रसाद न्यौपानेको संयुक्त नियुक्ति तथा प्रारिश्रमिक अनुमादेन गर्नेछ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको भदौ ६ गतेदेखि भदौ २६ गतेसम्म बुक क्लोज हुने छ ।

    प्रतिकृया दिनुहोस्