News Portal

  • ग्रामीण विकास लघुवित्तको छैठौं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता५ भदौ, २०७८
    ७६६ पटक
    ५ भदौ, २०७८

    काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय सम्पन्न भएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।
    सभामा संस्थाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिसन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ । त्यस्तै, सभाबाट संस्थापक समूह अन्तर्गतका नेपाल सरकार र नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरु, कम्पनी, संस्था र शेयर सदस्यहरुबाट प्रतिनिधित्व हुने गरी आपसी समझदारीबाट प्रतिनिधि सञ्चालक शिवहरी दंगाल र प्रतिनिधि सञ्चालक लेखनाथ भुसाल निर्वाचित भएका छन् ।
    त्यसैगरी सभामा सर्वसाधारण समूह ख को तर्फबाट शेयरधनीहरुमध्येबाट भरतराज कोइराला, प्रतिनिधि सञ्चालक मनोजकुमार खड्का निर्वाचित भएका छन् ।

    प्रतिकृया दिनुहोस्