News Portal

  • हिमालयन बैंकले वन पैदावार उद्योग व्यवसायी महासंघका सदस्यलाई कर्जा दिने

    आर्थीकसंसार संवाददाता४ भदौ, २०७८
    १३३६ पटक
    ४ भदौ, २०७८

    काठमाडौं । हिमालयन बैंक र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघबीच व्यावसायिक सम्झौता भएको छ । उक्त सम्झौताअनुसार बैंकले उक्त महासंघका सदस्यहरुलाई एसएमईअन्तर्गत १२ करोड रुपैयाँसम्मको विशेष कर्जा प्याकेज प्रदान गर्ने भएको छ ।
    भदौ ४ गतेदेखि लागू हुने यस सम्झौताअन्तर्गत बंैकले न्यूनतम ब्याज दर, कर्जा शुल्क, प्रतितपत्र वा बंैक जमानत जारी गर्न नगद मर्जिन र कमिसनमा बैंक जमानत जारी गर्ने भएको छ । उक्त सेवा सो महासंघका सदस्यहरुले बैंकको काठमाडौं उपत्यका भित्र र बाहिर रहेका सम्पूर्ण शाखाहरुबाट सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।
    हाल बैंकले ७१ शाखाहरु, १४६ एटीएम र ५००० भन्दा बढी पीओएस टर्मिनलसहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्