News Portal

  • सिद्धार्थ इन्स्योरेन्सको सीईओमा पुनः वीरेन्द्र वैदवार क्षेत्री नियुक्त

    आर्थीकसंसार संवाददाता३ भदौ, २०७८
    ११०२ पटक
    ३ भदौ, २०७८

    काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा पुनः वीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । भदौ २ गते बसेको कम्पनी सञ्चालक समितिले क्षेत्रीलाई इन्स्योरेन्सको सीईओ पदमा पुनः नियुक्त गरेको हो ।
    इन्स्योरेन्समा बरिष्ठ प्रबन्धकबाट सेवा आरम्भ गरेका उनले कायम मुकायम प्रमुख कार्यकारी हुँदै, चार वर्षे प्रमुख कार्यकारीको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका छन् । यससँगै उनले आगामी ४ वर्ष आफ्ना दोस्रो कार्यकाल सम्हाल्ने छन् ।
    क्षेत्रीले पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरी भारतीय बीमा संस्थानबाट एफआईआई उपाधि हासिल गरेका छन् । उनी अन्डरराइटिङ, जोखिम व्यवस्थापन, बजार व्यवस्थापन विषयमा विशेष दखल राख्ने व्यक्तिको रुपमा परिचित रहेका छन् भने संस्थागत सुशासनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रशासकको रुपमा मानिन्छन् ।

    प्रतिकृया दिनुहोस्