News Portal

  • सिभिल बैंकको महेन्द्रनगरमा ११५औं शाखा विस्तार

    आर्थीकसंसार संवाददाता३ भदौ, २०७८
    ८५४ पटक
    ३ भदौ, २०७८

    काठमाडौं । सिभिल बैंकले शाखा स ञ्जाल विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गरे ।
    उक्त शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले महेन्द्रनगरमा वित्तीय पहुँच बृद्धि गर्नका साथै वित्तीय स्तर बढाउन यस शाखाले टेवा पुर्याउने बताए ।
    व्यापार व्यवसाय विस्तार तथा रोजगारी सृजनाका लागि अनुकुल वातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिँदै उनले उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा सानो–सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्