News Portal

  • सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत १० लाख बीमा दावी भुक्तानी

    आर्थीकसंसार संवाददाता१ भदौ, २०७८
    १०९३ पटक
    १ भदौ, २०७८

    काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ ।
    बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनका हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाख दुर्घटना बिमा रकम प्रदान गरेको हो ।
    बीमाको रकम श्रीमती तनमाया घर्तीपुनलाई सानिमा बैंक, अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले प्रदान गरेका थिए । मृतक हिमप्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दीर्घायु बचत खाता खोलेका थिए ।
    सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाख सम्मको ६ जटिल रोगको उपचार बीमा, ५० हजार सम्मको स्वास्थ बीमा र ५ हजारसम्मको स्वास्थ्य जाँच सुविधा प्रदान गर्दै आइरहेको छ ।
    सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९५ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्