News Portal

  • कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच मर्चेन्ट सम्झौता

    आर्थीकसंसार संवाददाता१ भदौ, २०७८
    १०३६ पटक
    १ भदौ, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले सम्यक डायग्नस्टिकमा स्वास्थ्य परीक्षण गराउँदा १५ प्रतिशतको छुट प्राप्त सक्नेछन् ।
    यो सुविधा सम्यक डाईग्नोष्टिकको जावलाखेल तथा मध्य बानेश्वरमा रहेका शाखाबाट प्राप्त हुने बैंकले जानकारी दिएको छ ।
    नेपालकै पहिलो आईएसओ १५८९ः२०१२ मान्यता प्राप्त स्वास्थ प्रयोगशाला सम्यकले स्वास्थ्य प्रशिक्षणसम्बन्धी उत्कृष्ट सुविधा प्रदान गर्दै आइरहेको छ । यो सम्झौताबाट बैंकका कर्मचारी तथा ग्राहकहरुले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको जनाएको छ ।
    ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारित शाखा ७२ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । यस बैंकले सोसल मिडिया बैंकिङ्ग, केएस आइमोबाइलजस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्