काठमाडौं । सनराइज बैंकले देशको ३ स्थानमा शाखारहित बैकिङ्ग सेवा विस्तार गरेको छ ।
बैंकले बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३ नौबस्तामा ८५औं, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–९ चेतनगर विर्तामा ८६औं र सिरहा जिल्लाको सुखिपुर नगरपालिका–५ लडकन्हामा ८७औं शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको हो ।
बैंकले यी तीनै स्थानको सेवा सञ्चालनका लागि नौवस्ताका राम सिंह थारु, चेतनगर विर्ताका शैलेन्द्र चौधरी र लडकन्हाका स्थानीय व्यवसायी सुधिरकुमार साहलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।
सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बैंकले जनाएको छ ।
बैंकिङ्ग पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ्ग सेवा विस्तार गर्दै आएको छ ।
बैंकले हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटीएम र ८७ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
सनराइज बैंकको तीन स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु
आर्थीकसंसार संवाददाता१ भदौ, २०७८
१ भदौ, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- सकियो ‘नाडा अटो शो’, ८२ हजार अवलोकनकर्ता