काठमाडौं । सिभिल बैंकले ‘वरिष्ठ बचत खाता’ ल्याएको छ । जसमा बैंकले वार्षिक ६.०५ प्रतिशतको सर्वाधिक ब्याजदर उपलब्ध गराउने बताएको छ ।
उक्त बचत खाता ५८ वर्षभन्दा माथिकाले मात्रै खोल्न पाउने छन् । उक्त खाता खोल्न न्युनतम मौज्दात १० हजार रुपैयाँ चाहिने छ ।
साथै, ब्याजको भुक्तानी मासिक रुपमै गरिने बैंकले जनाएको छ । यसको अलावा विशेष सेवाअन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउने छ ।
समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले वरिष्ठ वचत खातामा सदैव सर्वाधिक ब्याजदर प्रदान गर्नै वाचा गर्दछ साथै विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थालाई मध्यनजर गर्दै उनीहरुको सुविधा तथा आवश्यकतालाई मनन गर्दै बैंकले मासिक भुक्तानी तथा घरदैलो सेवा पनि उपलब्ध गराउने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले बताए ।
निक्षेपतर्फ ९१ अर्ब ६७ करोड रुपैयाँ र कर्जातर्फ ८५ अर्ब १४ करोड रुपैयाँ पुर्याउन सफल भएको सिभिल बैंकले निष्क्रिय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी १.०५ प्रतिशतमा सिमित गर्न सफल भएको छ । सिभिल बैंकले आफ्ना ग्राहकलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा र योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।
सिभिल बैंकद्वारा ‘वरिष्ठ बचत खाता’ योजना ल्यायो
आर्थीकसंसार संवाददाता३२ साउन, २०७८
३२ साउन, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान