News Portal

  • सेञ्चुरी कमर्सियल बैंकको नाफामा गिरावट

    आर्थीकसंसार संवाददाता३२ साउन, २०७८
    १०६५ पटक
    ३२ साउन, २०७८

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको नाफामा ६.७७ प्रतिशतले गिरावट आएको छ ।
    बैंकको नाफा ८० करोड ४५ लाख रुपैयाँबाट घटेर ७५ करोड रुपैयाँमा खुम्चिएको छ । बैंकको खुद ब्याज आम्दानी ३ प्रतिशतले घटेको छ । यद्यपि फी, कमिसन तथा छुट आम्दानीमा भने ५२ प्रतिशतको वृद्धि छ । यसबाट बैंकलाई ३७ करोड ८१ लाख रुपैयाँ फाइदा भएको छ । बैंकको प्रोभिजनिङ बढेको छ । प्रोभिजनिङ ३३ प्रतिशतले बढेर ५६ करोड ११ लाख रुपैयाँ पुगेको छ ।
    बैंकको निक्षेप ४३ प्रतिशतले बढेर ९३ अर्ब ४९ करोडमा उक्लिएको छ । ऋण भने ३४ प्रतिशतले बढेर ७८ अर्ब ९ करोडमा पुगेको छ । एक वर्षअघि ऋण ९८ अर्ब १५ करोड रुपैयाँ थियो । बैंकको आधार दर ९.३८ प्रतिशतबाट ७.८ प्रतिशतमा आएको छ । ब्याज स्प्रेड दर पनि तुलनात्मक रूपमा निकै कम छ । बैंकले स्प्रेड ३.३८ प्रतिशतबाट ३.२६ प्रतिशतमा झारेको छ ।
    बैंकको प्रति सेयर आम्दानी एकल अंकमा छ । प्रति सेयर आम्दानी ८.३ रुपैयाँमा सीमित छ । मूल्य आम्दानी अनुपात ३५ गुणा छ ।

    प्रतिकृया दिनुहोस्