News Portal

  • ग्लोबल आईएमई बैंकको डीसीईओमा रेग्मी नियुक्त

    आर्थीकसंसार संवाददाता३२ साउन, २०७८
    १६६९ पटक
    ३२ साउन, २०७८

    काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । गत साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी भदौ १ गतेदेखि लागू हुने गरी डीसीईओमा बढुवा भएका हुन् ।
    करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायब प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला तथा खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको समेत सुपरिवेक्षण हुन् । रेग्मीले बेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् ।
    बैंकिङ्ग क्षेत्रसँगसम्बन्धी दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु लिएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिन्छन् ।

    प्रतिकृया दिनुहोस्