News Portal

  • एभरेष्ट इन्स्योरेन्सको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन

    आर्थीकसंसार संवाददाता३१ साउन, २०७८
    १३६६ पटक
    ३१ साउन, २०७८

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचक बढेका छन् ।
    १ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ३८ करोड ३३ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २८ करोड १४ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा रकम बृद्धि भएको छ ।
    यस अवधिमा कम्पनीको बीमा कोषमा ४२ करोड ६७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ३२ करोड ४७ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोष ३१ प्रतिशतले बढेको हो ।
    यस अवधिमा कम्पनीको खुद बीमा शुल्क बढेको छ । अघिल्लो आर्थिक वर्षमा ४० करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत वर्ष अर्थात आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ४३ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८ दशमलव २० प्रतिशतले बढी हो ।
    यस अवधिमा कम्पनीको खुद नाफा २० करोड ३८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा २० करोड २६ लाख रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा सामान्य बढेको हो । त्यस्तै, समीक्षा अवधिमा कम्पनीले २२ करोड ८३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ४४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी २३ दशमलव ७७ प्रतिशतले बढी हो । यस अवधिसम्म कम्पनीले ९५ करोड ३७ लाख रुपैयाँ दाबी भुत्तानी गर्न बाँकी रहेको छ ।
    यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ २२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १६८ रुपैयाँ ४४ पैसा रहेको छ । पी ई अनुपात ४३.४८ गुणा रहेको छ ।

    प्रतिकृया दिनुहोस्