News Portal

  • सगरमाथा इन्स्योरेन्स कम्पनीको नाफा १८ प्रतिशतले बढ्यो

    आर्थीकसंसार संवाददाता३१ साउन, २०७८
    ११२८ पटक
    ३१ साउन, २०७८

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको मुनाफा १८.५८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले ४५ करोड १५ लाख रुपयाँ मुनाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद मुनाफा ३८ करोड ८ लाख रुपैयाँ थियो ।
    कम्पनीले खुद बीमा शुल्क आर्जन पनि २५ प्रतिशतले बढाउन सफल भएको छ त्यस्तै कुल बीमा शुल्क आर्जन भने १६ प्रतिशतले बढेको छ । सगरमाथाले एक अर्ब २३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन भने २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा दुई अर्ब २५ करोड रुपैयाँ थियो ।
    मुनाफामा सुधारसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य सुधार भएको छ । प्रतिशेयर आम्दानी ४० रुपैयाँ रहेको छ । चुक्ता पुँजी ११ प्रतिशतले बढेर एक अर्ब ११ करोड रुपैयाँ पुगेको छ । जगेडा कोषमा ४८ करोड ५ लाख रुपैयाँ जम्मा भएको छ ।
    गत वर्ष खुद दाबी भुक्तानी पनि ४२ प्रतिशतले बढेको छ । कम्पनीले ७० करोड ६३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । त्यस्तै बाँकी दाबी भुक्तानी पनि १०२ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीको कुल भुक्तानी हुन बाँकी दाबी मात्रै एक अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्