News Portal

  • एनआरएन लघुवित्तद्वारा विशेष साधारण सभाको आव्हान

    आर्थीकसंसार संवाददाता६ भदौ, २०७७
    ४२८ पटक
    ६ भदौ, २०७७

    काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभाको आव्हान गरेको छ । सर्वसाधारणलाई एफपीओ जारी गर्ने प्रस्ताव गर्दै भदौ २० गते विशेष साधारणसभा आव्हान गरेको हो । कम्पनीले होटल साथी, धनगढी , कैलालीमा विहान ११ बजेका लागि सभा आव्हान गरेको हो ।
    सभाले सर्वसाधारणलाई एफपीओ जारी गर्ने सँगै कम्पनीको नाम परिवर्तन गर्ने र कर्पोरेट कार्यालय बुढानिलकण्ठ नगरपालिका–९, काठमाडौंमा स्थापना गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । साथै चार लघुवित्त संस्थालाई आफुमा गाभेको यस कम्पनीले संस्थापकतर्फ ४ जना र सर्वसाधारणतर्फ २ जना सञ्चालक आगामी चार वर्षका लागि निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ ।
    हालसम्म सर्वसाधारणका लागि कम्पनीले शेयर जारी गरेको छैन । यस कम्पनीले किसान माइक्रोफाइनान्स, दिव्य लघुवित्त , क्रियटिभ लघुवित्त र रामारोशन लघुवित्तलाई गाभेर एकीकृत कारोबार सुरु गरिसकेको छ ।
    हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २८ लाख ८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ४ करोड ४ लाख ४९ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको उक्त अवधिमा ५६ लाख १६ हजार रुपैयाँ घाटामा रहेको यस कम्पनीले गत वर्षभने नाफामा राम्रो सुधार गरेको देखिन्छ ।
    चौथो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम ५ करोड १८ लाख २८ हजार रुपैयाँ छ । गत वर्ष ८८ करोड ५६ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरेको यो कम्पनीले ४ अर्ब १३ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसका लागि कम्पनीले विभिन्न संघसंस्थाबाट ३ अर्ब १४ करोड ७ लाख ७७ हजार रुपैयाँ कर्जा सापटी लिएको छ ।

     

    प्रतिकृया दिनुहोस्