काठमाडौं । नेपाल लाइफ इन्स्यारेन्सले गत असार मसान्तसम्म ३१ अर्ब ९६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६.९३ प्रतिशत वृद्धि हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को सोही अवधिमा २७ अर्ब ३४ करोड रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो ।
त्यस्तै, इन्स्योरेन्सको खुद नाफा ५३ करोड ३ लाख रुपैयाँबाट बढेर ५३ करोड ५९ लाख रुपैयाँ पुर्याएको छ । जुन १.०५ प्रतिशतको वृद्धि हो ।
खुद नाफा बढेपनि प्रतिसेयर आम्दानी भने सामान्य २.२१ रुपैयाँले घटेको छ । अघिल्लो आवमा ९.६५ रुपैयाँ रहेको इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ७.४४ रुपैयाँमा झरेको छ । bत्यस्तै, मूल्य आम्दानी अनुपात २५७.८ गुणा र प्रतिसेयर नेटवर्थ १२२.३ रुपैयाँ रहेको छ । त्यस्तै, चुक्ता पुँजी ३१ प्रतिशतले बढेर ७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । तर जगेडा कोषको रकम भने ७१.०३ प्रतिशतले घटेर १ अर्ब १ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको असार मसान्तसम्ममा ३ अर्ब ५० करोड रुपैयाँ रहेको थियो ।
त्यसैगरी, जीवन बीमा कोष २९.२९ प्रतिशत र महाविपत्ति कोष ६.१३ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीले सो अवधिसम्ममा जीवन बीमा धितो बापत १९ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरी एक अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको छ ।
नेपाल लाइफ इन्स्यारेन्सद्वारा ३२ अर्ब खुद बीमा शुल्क आर्जन
आर्थीकसंसार संवाददाता२९ साउन, २०७८
२९ साउन, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल बैंकको नगद लाभांश घोषणा
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न