News Portal

  • चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

    आर्थीकसंसार संवाददाता२९ साउन, २०७८
    १२०० पटक
    २९ साउन, २०७८

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कर्जाको व्याज बढ्न सक्ने प्रक्षेपण गरेको बताएका छन् ।
    यस्तै, चालु आर्थिक वर्षमा मूल्यबृद्धिदर ६.५ प्रतिशत कायम गर्ने लक्ष्य राष्ट्र बैंकको छ । चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फ कर्जाको बृद्धिदर १९ प्रतिशत हुने अनुमान गरिएको छ ।
    त्यस्तै, अन्य बैंक तथा वित्तीय संस्थाले जस्तै अब लघुवित्त वित्तीय संस्थाले पनि ऋणपत्र जारी गर्न पाउने छन् । उनीहरुले चालु आर्थिक वर्षदेखि चुक्ता पुँजीको २५ प्रतिशतसम्मको ऋणपत्र निष्काशन गर्न पाउने भएका हुन् ।
    त्यसैगरी, चालु आवदेखि विपन्न वर्गको कर्जाको पनि अनिवार्य रुपमा बीमा गराइने भएको छ । महिला उद्यमीद्वारा लघुउद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने २० लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्गको कर्जामा गणना हुने व्यवस्था गर्ने राष्ट्र बैंकले जनाएको छ ।

    यस्तो छ नीति (पूर्णपाठसहित)

    प्रतिकृया दिनुहोस्