News Portal

  • मेट लाइफको व्यतित जीवन बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १००% सम्म छुट

    आर्थीकसंसार संवाददाता९ कार्तिक, २०८१
    २४ पटक
    ९ कार्तिक, २०८१

    काठमाडौं । मेट लाइफ इन्योरेन्स कम्पनीले व्यतित जीवन बीमालेख नवीकरणमा १०० प्रतिशतसम्म छुट दिने भएको छ।

    कम्पनीले जीवन बीमालेख पुनर्जागरण अभियानअन्तर्गत विलम्ब शुल्कमा भारी छुट दिएको हो। कम्पनीले ५ वर्षसम्मको व्यतित जीवन बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने घोषणा गरेको छ।

    यसैगरी ५ वर्षभन्दा बढी समय पुगेको व्यतित बीमालेख नवीकरण गर्दा कम्पनीले विलम्ब शुल्कमा ६० प्रतिशत छुट दिने भएको छ।

    प्रतिकृया दिनुहोस्