आर्थीकसंसार संवाददाता२९ साउन, २०७८
२९ साउन, २०७८काठमाडौं । नेपाल एसबिआई बैंकले ‘बेष्ट कर्पोरेट बैंकिङ्ग सोलुसन नेपाल अवार्ड–२०२१’ पाएको छ । लण्डनस्थित क्यापिटल फाइनान्स इन्टरनेशनल (सीएफआई सीओ)ले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।
उक्त सम्मान सीएफआई सीओद्वारा कार्यसम्पादन उत्कृष्टताको आधारमा वार्षिक रुपमा प्रदान गरिन्छ ।
१९९३ मा स्थापित नेपाल एसबिआई बैंकले आफ्ना १० लाखभन्दा बढी ग्राहकलाई ११८ आउटलेटबाट ५१ जिल्लामा सेवा प्रदान गर्दै आएको छ ।