News Portal

  • महालक्ष्मी लाईफ इन्स्योरेन्सद्वारा बाल बचत बीमा योजना सुरु

    आर्थीकसंसार संवाददाता२८ साउन, २०७८
    १४०७ पटक
    २८ साउन, २०७८

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सुरुवात गरेको छ । बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले बुधबार एक कार्यक्रमकमा उक्त बीमा योजना बिक्री वितरणको लागि सुरुवात गरेका हुन् ।
    यस बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधासमेत रहेको छ । बच्चा जन्मेको १ महिनादेखि बच्चा १८ वर्ष नपुगुञ्जेल यस बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगेपछि ३५ वर्ष नपुग्दा सम्मको अवधि राखि ५ देखि २५ वर्षका लागि गर्न सकिन्छ । साथै बच्चा बालिग भइसकेपछि बीमालेखको अख्तियार पूर्ण रुपमा हस्तान्तरण हुनेछ ।
    यस योजनाअन्तर्गत बीमा अवधि समाप्तिमा बच्चाको भविष्य निर्माणको लागि बीमाङ्क रकम र आर्जित बोनस रकम प्रदान गरिनेछ । कुनै कारणवस बीमा चालु अवस्थामा बीमितको मृत्यु भएमा तत्कालै २५ प्रतिशत बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी ७५ प्रतिशत बीमाङ्क रकम, आर्जित बोनस र ब्याज बीमा अवधि समाप्तिमा प्रदान गरिने गरी थप सुविधा यस योजनामा समावेश गरिएको छ ।

    प्रतिकृया दिनुहोस्