News Portal

  • ग्लोबल बैंकले कर्णाली प्रदेशका कृषकलाई ब्याज अनुदानमा ऋण दिने

    आर्थीकसंसार संवाददाता२८ साउन, २०७८
    ९९७ पटक
    २८ साउन, २०७८

    काठमाडौं । ग्लोबल आइएमई बैंकले कर्णाली प्रदेशका कृषकलाई ब्याज अनुदानमा कर्जा उपलब्ध गराउने भएको छ । सोसम्बन्धी बैंक र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतबीच समझदारी भएको हो ।
    बैंकले उक्त प्रदेशका व्यवसायिक कृषि तथा पशुपन्छी पालनमा संलग्न कृषकलाई व्याज अनुदान प्रदान गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको हो । उक्त समझदारीपत्रमा कर्णाली प्रदेश सरकार, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र र ग्लोबल आइएमई बैंक कर्णाली प्रादेशिक कार्यालय प्रमुख विष्णु अर्यालले हस्ताक्षर गरेका छन् ।
    उक्त समझदारीअनुसार ग्लोबल आइएमई बैंकले मन्त्रालयले स्वीकृत गरेको ‘व्यवसायिक कृषि तथा पशुपन्छी पालन व्यवसायका लागि ब्याज अनुदान कार्यविधि, २०७६’अनुरुप कर्णाली प्रदेशका व्यवसायिक कृषकहरुका लागि व्याज अनुदान कार्यक्रम सञ्चालन र सो सम्बन्धी व्यवसाय विकासमार्फत कृषकहरुको रोजगारीमा बृद्धि गरी उनीहरुको जीवनस्थरमा सुधार गर्ने उद्देश्यले सहुलियपूर्ण कृषि कर्जा उपलब्ध गराउनेछ । यस ब्याज अनुदान कार्यक्रम सञ्चालनका लागि नेपाल राष्ट्र बैंक, कर्णाली प्रदेशले आवश्यक समन्वय तथा सहजीकरण गर्नेछ ।
    बैंकले ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्